पहिलो दिन पाँचसय ३५ जनाले ‘कोभिसिल्ड’ खोप लगाए
भद्रपुर १४ माघ । कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु भएको पहिलो दिन आज झापाका तीनवटा खोप केन्द्र मार्फत पाँचसय ३५ जनाले ‘कोभिसिल्ड’ खोप लगाएका छन् ।
झापाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७६, अनारमनी नगर अस्पतालमा तीनसय १४ र दमक केन्द्रमा एकसय ४५ जनाले कोभिसिल्ड खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिए ।
उनका अनुसार कोभिसिल्ड खोप लगाउनेमा पुरुषको भन्दा महिलाको संख्या बढिरहेको छ । तीनवटै खोप केन्द्रमार्फत खोप लगाउनेमा दुईसय १८ जना पुरुष रहेका छन् भने महिलाको संख्या तीनसय १७ रहेको छ ।