छ वटा पालिकामा “अँध्यारोमुक्त” अभियान

भद्रपुर १३ माघ । नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले, झापाका छ वटा पालिकामा “अँध्यारोमुक्त” पालिका बनाउने बनाउने अभियान संचालन गरेको छ । केन्द्रले भद्रपुर नगरपालिका, कचनकबल गाउँपालिका, हल्दिबारी गाउँपालिका र मेचीनगर नगरपालिका, विर्तामोडको आंशिक क्षेत्र र बाह्रदशी गाउँपालिकाको केही वडामा यो अभियान सञ्चालि छन् । अँध्यारोमुक्त अभियान गत वर्षदेखि सञ्चालन गर्दै आएको छ । आगामी एक महिनाभित्र आफ्नो कार्यक्षेत्र भित्रका पालिकाको सबै घरमा विद्युत सुविधा पुगिसक्ने केन्द्रका प्रमुख इन्जिनियर सञ्जीव कुमार साहले बताए । उनले हालसम्म ३० हजार बढी ग्राहकको घरमा विजुली बत्ती पुगिसकेको जानकारी दिए ।

एक बर्षभित्र ६०० भन्दा बढी अति विपन्न परिवारलाई स्थानीय तहको सिफारिसको आधारमा विद्युतको मिटर बक्स निःशुल्क जडान गरिदिएको प्राधिकरणले जनाएको छ । विपन्न समुदायले आर्थिक अभावमा उज्यालोबाट बञ्चित हुन नपरोस् भनेर स्थानीय सरकारको सिफारिसको आधारमा विपन्नको पहिचान गरी निःशुल्क विद्युत जडान गरिरहेको प्राधिकरणले जनाएको छ ।ं

प्राधिकरणले जनाए अनुसार, मेचीनगर नगरपालिकाको, मेची नदी पारि रहेको वडा नं. १५ का तीन वटा गाउँमा, विद्युत पुर्याउने कार्य थालिसकेको छ । त्यहाँका सिसौडाँगी, होपना वस्ती र ग्वाल वस्तीका ५५ घरमा विद्युत पुगेको छैन । मेचीनगरका प्रमुख र सम्बन्धित वडाका अध्यक्षसँग कुराकानी गरेर त्यहाँका विपन्नहरुको पहिचान भइसकेको अवस्था छ । अव केही दिनभित्रै मेची पारिको नेपाली वस्ती अँध्यारोमुक्त हुने छ ।