झण्डोत्तलन गरेर वीरता जेसीजको कार्यकाल प्रारम्भ

बिर्तामोड १२ माघ । वीरता जेसीजको सन् २०२१ को नयाँ नेतृत्वले झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको छ । वीरता जेसीजले बिर्तामोड–१ स्थित सचिवालयमा राष्ट्रिय झण्डा र वीरता जेसीजको झण्डा झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको हो ।

वीरता जेसीजका सन् २०२१ का अध्यक्ष राजीव धिमालको सभापतित्व तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर प्रशान्त भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक जीवन खड्काले स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि भण्डारीले सचिवालय रहेको शिव पाञ्चायन मन्दिरको छतमा राष्ट्रिय झण्डा र वीरता जेसीजको झण्डा झण्डोत्तलन गरेका थिए । उनले जेसीजका सदस्यहरु संस्थाप्रति जिम्मेवार बन्न आग्रह गर्दै रचनात्मक कार्यमा अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा वीरता जेसीजका सन् २०२० का अध्यक्ष मिजास पोखरेलले सन् २०२१ का अध्यक्ष राजिव धिमाललाई माइन्युट र साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका सन् २०२० का महासचिव विकास वस्नेत र सन् २०२१ का महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी) ले गरेका थिए ।

यसैबीच अध्यक्ष धिमालले वीरता जेसीजको सन् २०२१ का लागि १५ जना संयोजक चयन गरेका छन् । वीरता जेसीजको खेल संयोजकमा दिपेन धिमाल, संस्कृति संयोजकमा मेघराज लिम्वू(गोपाल), रक्तदान संयोजकमा प्रकाश सुवेदी, सञ्चार संयोजकमा तुलसीप्रसाद निरौला, शाखा सम्पादकमा कमल पाण्डे विनोद, अवार्ड संयोजकमा सञ्जय राजवंशी, वातावरण तथा सरसफाई संयोजकमा प्रज्ज्वल विमली, शिक्षा संयोजकमा सुमन पोद्धार रहेका छन् ।

यस्तै अन्तर शाखा समन्वय संयोजकमा जीवन खड्का, अन्तर्राष्ट्रिय समन्वय संयोजकमा मनोज रौनियार, मनोरञ्जन संयोजकमा आशिम ज्वयल श्रेष्ठ, अर्थ संयोजकमा दिपक शाह, स्वास्थ्य संयोजकमा घनश्याम चौधरी, दुर्घटना न्यूनीकरण संयोजकमा मिक्की कार्की, महिला तथा वालवालिका संयोजकमा किरण थापा चयन भएका छन् ।