झापाका १३१ वटै वडामा काँग्रेसको बिरोध र्‍याली

भद्रपुर ८ माघ । नेपाली काँग्रेसले बिहीबार झापाका १३१ वटै वडामा विरोध प्रदर्शन गरेको छ । पार्टीको केन्द्रिय निर्देशनअनुसार झापा जिल्लाभरनैे पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

काँग्रेसका स्थानीय नेता कार्यकर्ताले सदरमुकाम भद्रपुर, बिर्तामोड, मेची नगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाइ, शिवसताक्षी, कमल, दमक, गौरादह, गौरीगन्ज, हल्दिबारी, बाह्रदशी, झापा र कचनकवल १५ वटै पालिकाको सबै वडामा प्रदर्शन गरेका हुन् प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका विरुद्धमा जिल्लाका १३१ वटै वडामा प्रदर्शन गरिएको र संसद पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने काँग्रेस झापाकाक सभापति उद्घव थापाले जानकारी दिएका छन् ।

यसैगरी, देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेस केन्दले जनाएको छ ।