दश लाख डोज कोरोना खोप आयो

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । आज बिहान ११ बजेर ४५ मिनेटमा एयर इन्डियाको विमान १० लाख डोज खोपको पहिलो लट लिएर काठमाडौं आएको हो । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप हस्तान्तरण गरेका छन् ।

ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । विभागबाट जिल्लामा प्रयोगका लागि प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने मन्त्रालयले जनाएको छ । भारतले हिजो नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो ।