झापामा आज ३ जनामा कोरोना संक्रमणको पुष्टि
भद्रपुर ८ माघ । झापामा आज एक महिलासहित ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कोरोना संक्रमणको पुष्टि हुनेहरुमा बिर्तामोडका एकजना पुरुष र अर्जुनधारामा एक महिला र एक पुरुष रहेका छन् ।
झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।