सशस्त्र प्रहरीद्धारा खाद्यान्न तथा न्यानो कपडा बितरण

भद्रपुर ७ माघ । झापाको अर्जुनधारा नगरपालिका ६ स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र कप्तानबारीमा रहेका १० जना अपाङ्ग बाल-बालिकाहरुलाई २० औँ सशस्त्र प्रहरी दिवशको अवसरमा नं २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेश कुमार पाण्डेले १ महिनाको लागी पुग्ने चामल , दाल, मुरही, साबुन र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा ब्लाङ्केट १० थान बितरण गर्नु भएको सूचना अधिकृत सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर भण्डारी बताएका छन् ।