कपास फ्याक्ट्रिमा लागलागी हुँदा १२ लाखको क्षती
भद्रपुर ६ माग । झापाको भद्रपुर ५ स्थित झापा चोकमा रहेको कपास फ्याक्ट्रिमा आगलागी हुँदा कपास पोल्ने मेसीन र तयारी कपास गरी लग्भग १२ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
रामचन्द्र सहनीले संचालन गर्दै आएको कपास फ्याक्ट्रिमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुंगाको कारणले मेसिनमा खरावी भई अचानक दिउसो ३ बजेर ४० मिनेटमा आगो लाग्दा कपास पेल्ने मेसिन १ थान र ५७ बोरा तयारी कपास पूर्ण रुपले जलेर नष्ट भएको प्रहरी कार्यालयले जनाएको छ ।
उक्त आगो स्थानीय, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगले ४ बजे पूर्ण नियन्त्रण लिएको र कुनै पनि मानविय तथा चौपाय क्षती नभएको समेत जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।