दुर्घटनामा दुइ जनाको मृत्यु

झापा ५ माघ । आज बिहान दमकमा विरामी बोकेको एम्बुलेन्स र अटो एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरित दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अटो रिक्साका चालक मोरङ,उर्लाबारी नगरपालिका वडा नम्बर ४ का ५० बर्षिय विरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका सन्तोष श्रेष्ठको रहेका प्रहरीले जनाएको छ । सो दुर्घटनामा अटोमा सवार सुनसरीको इनरुवा – ७ निवासी २४ वर्षीय सौजन मगर, दमक – ४ निवासी २० वर्षीय राजन सिलवाल र मोटरसाइकल चालक दमक – २ निवासी २८ वर्षीय रमेश पोखरेलसहित तीन जना घाइते भएका छन् । घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको एम्वुलेन्स र पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १ – ०१– ००३ ह ६२४ नम्वरको अटो आपसमा ठक्कर खाएको र एम्वुलेन्स भन्दा पछाडि रहेको को ११ प ९५२५ नम्वरको मोटरसाइकल र पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २५ प १९३३ नम्वरको स्कूटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने अन्य तीन जना घाइते बनेका हुन् ।