भद्रपुर जेसीजमा नयाँ नेतृत्व
भद्रपुर, ४ माघ । भद्रपुर जेसीजमा सन् २०२१ का लागि खिलनाथ पाण्डे ’निकाश’ को नेतृत्वमा नयाँ समिति चयन भएको छ । जेसीजको अध्यक्ष पदमा पाण्डे निर्विरोध चयन भएका हुन् भने २ जना कार्यकारी उपाध्यक्ष र ४ उपाध्यक्ष निर्वाचन प्रकृयाबाट विजयी बनेका हुन् ।
कार्यकारी उपाध्यक्षमा रमेश कार्की र आरिफ अली ४९ मत प्राप्त गरी विजयी भने भने उनीहरुका प्रतिष्पर्धी रमेश लुँइटेल ३७ मत र युवराज ढकाल ३३ मतका साथ उप विजेता बन्न सफल भएका छन् ।
४ उपाध्यक्षका लागि ५ जना मैदानमा रहेकोमा रविन कार्की ८० मत, शैलेस श्रेष्ठ ७९ मत, एकराज भट्टराई ७६ मत र अभिषेक प्रधान ६६ मत प्राप्त गर्दै विजयी भए भने मनिष अधिकारी २७ मतका साथ उपविजेतामा सिमित बनेको निर्वाचन समितिले जनाएको छ ।