क्षेत्र नम्बर ३ मा क्षेत्रीय सङ्घर्ष समिति
भद्रपुर ४ माघ । प्रचण्ड–नेपाल समूहको नेकपाले झापा क्षेत्र नम्बर ३ मा युवाहरूको क्षेत्रीय सङ्घर्ष समिति गठन गरेका छन् । भद्रपुरको कमलधापमा शनिवार भएको राष्ट्रिय युवा सङ्घ नेपाल झापा ३ नम्बर क्षेत्रको भेलाले सङ्घर्ष समिति बनाएको हो । हरि बस्नेत “चट्टान“ संयोजक रहेको २०१ सदस्यीय सङ्घर्ष समितिको सहसंयोजकमा हेडम्बर निरौला र दीपेश राजवंशी रहेका छन् । त्यस्तै भद्रपुर संयोजकमा बुद्धिमान लिम्बू, सहसंयोजक खिलाराज पाण्डे, कचनकवल संयोजक श्याम घिमिरे, सहसंयोजक देवकुमार राजवंशी, हल्दिवारी संयोजक गणेश मगर, सहसंयोजक विनोद बास्कोटा, बाह्रदशी संयोजक फणीन्द्र कटवाल, सहसंयोजक मानबहादुर प्रधान रहेका छन् ।
नेकपा झापा जिल्ला कमिटी सचिव विजय साम्पाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेताहरू पूर्णसिंह राजवंशी , हिक्मत घिमिरे , पुष्प पोखरेल , धर्मराज सिवाकोटी ,युवा नेता दधिराम रिमाललगायतले बोलेका थिए । उनीहरूले प्रधानमन्त्री केपी ओलीको प्रतिगमनकारी कदमको सशक्त प्रतिकार गर्ने चेतावनी दिए ।