भद्रपुर ९ को निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित

भद्रपुर, २ माघ । भद्रपुर ९ नम्बर वडा कार्यालयले आयोजना गरेको निशुल्क स्वास्थ्य सेवा शिविर सम्पन्न भएको छ । पौष ५ गतेबाट मुटु, मृगौला, मधुमेह, फोक्सो र उच्च रक्तचाप सम्बन्धि निशुल्क स्वास्थ्य सेवा शिविर सम्पन्न भएको हो ।

वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, एचयुजी जेनेभा र केएचडीसी नेपालको सहयोगमा सञ्चालित शिविरमा प्रा. डा.सञ्जिवकुमार शर्माको नेतृत्वमा उपचार सेवा प्रदान गरिएको थियो ।

सो शिविरबाट विभिन्न स्वास्थ्य समस्या भएका एक हजार दुई सय ५० जनाले निशुल्क सेवा लिएको वडा सदस्य नुतन पौडेलले जानकारी दिए ।