प्रधानमन्त्रीकोे सुरक्षा हेरचाह नेपाली सेनाको जिम्मा
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको सुरक्षा हेरचाह नेपाली सेनाले जिम्मा पाएको छ । यसअघि सशस्त्र र नेपाल प्रहरीले बालुवाटारको सबै क्षेत्रको सुरक्षा हेरचाह गर्ने जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रतिनिधिसभा बिघटन लगत्तैदेखि बालुवाटारको सुरक्षा प्रवन्ध नेपाली सेनाले कमाण्ड गर्न थालेको प्रधानमन्त्री सचिवालयसँग निकट सूत्रले बताएको हो ।
बालुवाटारको ३ नम्बर गेटदेखि भित्रका अरु प्रवेशद्वार सहित सबै क्षेत्रमा सेनाले नै सुरक्षा पहरा दिन थालेको बताउँदै सूत्रले प्रधानमन्त्रीको भ्रमण हुने स्थानको प्रारम्भिक सुरक्षा परीक्षण र सुरक्षा बन्दोबस्त समेत सेनाले नै गर्न थालेको बताइएको छ ।
कोरोना भाईरस परीक्षणका सरसामान खरिदमा नेपाली सेनाको संलग्नता रहँदा अपमान गरेको भनी तत्कालिन रक्षामन्त्री ईश्वर पोखरेलसँग सेना रिसाएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले पोखरेलबाट रक्षा मन्त्रालय खोसेर आफूसँग राखेका थिए ।