निर्वाचन हुने भएमा त्यसका लागि तयार छौं : देउवा
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी चुनावमा जान तयार रहेको बताएका छन् । कांग्रेस केन्द्रीय खेलकुद विभागले बाह्रबिसे नगरपालिका–४ पलाँतीमा आयोजना गरेको कोमलमाया–खड्गबहादुर बस्नेत स्मृति खेलकुद प्रतियोगिता कार्यक्रमको समापन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
सभापति देउवाले अदालतमा विचाराधीन विषयमा कांग्रेसले दबाब नदिने बताए । ‘सडक आन्दोलनबाट कुनै निर्णय हुँदैन,’ उनले भने, ‘अहिले अदालतमा मुद्दा विचाराधीन छ । अदालतको निर्णय कुर्नु नै आजको आवश्यकता हो ।’
‘अदालतले संसद पुनस्र्थापना गरेमा संसदमा जान तयार छौँ । निर्वाचन हुने भएमा त्यसका लागि समेत तयार नै छौँ,’उनले भने, ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले अदालतको निर्णयलाई स्वीकार गर्छ ।’