कनकाइमा माघे संक्रान्तिमा माईमेला नलाग्ने

कनकाइ । माघे संक्रान्तिका अवसरमा यो बर्ष कनकाइ नदी किनारमा माइ मेला नलगाइने भएको छ । कनकाई नदीको किनारमा माघे संक्रन्तीका दिन यहाँ मेला लाग्ने गरेको थियो । मकर नुहाउन र मेला भर्न नेपाल तथा भारतका असंख्या तीर्थयात्री आउने यस ठाउँमा यो वर्ष कनकाई नगरपालिकाले मेला नलगाउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण नगरपालिकाले मेला नलगाउने निर्णय गरेको नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै जनाएको छ । नगरपालिकाले, कनकाई नगरपालिकाभित्र पर्ने कनकाई माई तथा कोटिहोम क्षेत्रभित्र प्रत्येक वर्ष लाग्दै आएको माई मेला कोरोना भाइरसको जोखिमको कारणले यस वर्ष हाट बजार लगाउने टेन्ट टाङ्ने, पिङ, सर्कस जस्ता मनोरञ्जन लगायतका कुनै पनि गतिविधि नगर्ने जनाएको छ ।

नेपालका विभिन्न धार्मिक महत्व बोकेका नदीहरु मध्ये कन्काई माईको छुट्टै महत्व छ । यो नदीमा हिन्दू धर्मावलम्बी भक्तजनहरूद्वारा आस्थापूर्वक स्नान, पूजाआराधना गर्ने प्रचलन रहिआएको छ । आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको यो नदीमा माघे संग्रान्तीका दिन मकर नुहाउनेको घुइँचो नै लाग्ने गर्दछ ।

नेपालको पूर्वी क्षेत्रको अलावा पूर्वोत्तर भारतको दार्जीलिङ, सिक्किम, पश्चिम बङ्गाल र आसामका भक्तालु तथा दर्शनार्थीहरू समेत यहाँ आउने गरेका छन् । साथै, झापा, मोरङ जिल्लाका मृतकहरुको अन्तिम संस्कार गर्नुपरेमा कनकाई नदीलाई नै सबै भन्दा पवित्र मानिने चलन छ । यस बाहेक यो स्थान नेपालमा सबैभन्दा बढी थर गोत्रीय संस्थाहरू एकीकृत भएको र्धािमक स्थलका रूपमा पनि चिनिन्छ ।