सिग्मा अंग्रेजी विद्यालयको राजत जयन्ती

हल्दिबारी २८ पुस । सिग्मा अंग्रेजी विद्यालय हल्दिवारी–२ ले २५ वर्ष सफलताका साथ पुरा गरेको अवसरमा विविध कार्यक्रमसहित राजत जयन्ती सम्पन्न गरेको छ । नवराज पराजुली र गायत्रा पराजुलीले २०५२ साल पुस २७ गते स्थापना गरेको उक्त विद्यालयको रजत जयन्ती, राष्ट्रिय एकाता दिवसको अवसर पारेर सम्पन्न गरेका हुन् ।

विद्यालयका प्रिन्सिपल नरेश पराजुलीको अध्यक्षता र विद्यालयका संरक्षक एवम् संस्थापक तारा प्रसाद पराजुलीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा, रजत जयन्ती स्तम्भ एवम् शिलालेखको अनावरण, विद्यालयका शिक्षक लक्ष्मी प्रसाद पोखरेल र प्रमुख अतिथिबाट संयुक्त रुपमा गरिएको थियो ।

शुभ कामना मन्तव्यको क्रममा विद्यालयले गरेको उपलब्धीलाई चर्चा गर्दै विद्यालयका शिक्षक चेतन शिवाकोटीले यसलाई जोगाउन र थप उपलब्धि हासिल गर्ने जिम्मेवारी वर्तामान सिग्मा परिवारमा रहेको बताउनु भयो । विद्यार्थीहरु आयुष्मा तामाङ्गद्वारा गित, संदिप मेचेद्वारा नृत्य प्रस्तुत गररिको उक्त कार्यक्रममा कृतिका कर्ण द्वारा राष्ट्रिय विभूती पृथ्वीनारायण शाहका दिव्योपदेशहरु प्रस्तुत गरिएको थियो । शिक्षक माधव भट्टराईद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रमको संचालन गोपाल गौतमले गरेका थिए ।