विपन्न बालबालिकालाई न्यानो टोपी

गौरीगंज २६ पुस । गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीका एक युवा व्यवसायीले अति विपन्न परिवारका बालबालिकालाई न्यानो टोपी प्रदान गरेका छन् । गा‌ैरीगंज – ६ खजुरगाछी बस्ने युवा व्यवसायी केशव ढुङ्गाना र रक्षा ढुङ्गानाले आफ्नी छोरी प्रगतिको जन्मोत्सवको अवसरमा ५० जना वालवालिकालाई न्यानो टोपी प्रदान गरेका हुन् । युवा समाजसेवी ढुङ्गाना दम्पतिले गौरीगंज-६ खजुरगाछीका संथाल, मुसहर र महतो परिवारका वालवालिकालाई न्यानो टोपी वितरण गरेको हो ।

चिसोयाममा बालवालिकाहरू बढी प्रभावित हुने भएकोले विपन्न परिवारल वालवालिकालाई सानो सहयोग गरेको युवा व्यवसायी ढुङ्गानाले बताए । ढुङ्गाना दम्पति हाल चीनको गुन्जाओ सहरमा ८ वर्षदेखि बसोवास गर्दै आएका छन् । तकसुन टेक्नोलोजी हङ्कङ लि. कम्पनीका प्रमुख युवा व्यवसायी ढुङ्गानाले भारत, नेपाल, बंगालादेश र श्रीलङ्कामा आफ्नो व्यवसाय विस्तार गरेका छन् । गौरीगंज गाउँपालिका वार्ड नं। ६ बस्ने जगन्नाथ ढुङ्गाना र दुर्गा देवीका छोरा केशवले यस अघि छोरीको जन्मोत्सवमा खजुरगाछी मावि कक्षा १० मा अध्ययनरत प्रथम छात्रा कृतिका श्रेष्ठलाई छात्रवृत्ति प्रदान गरेका थिए ।