झापामा सौर्य विद्युत परियोजना

भद्रपुर २६ पुस । ‘झापालीका लागि झापालीद्वारा’ नाराकासाथ प्रारम्भ गरिएको सौर्य विद्युत परियोजनाको काम अघि बढेको छ । यो सौर्य विद्युत परियोजना नेपालकै ठूला भएको कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले बताए । दश मेगावाट सौर्य विद्युत उत्पादन गर्ने योजनासहित दुई वर्ष अघि स्थापना भएको कम्पनीका अध्यक्ष लालबहादुर सावाले बताए । सावाल,े झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ र ४ मा सोलार प्यानल राख्नका लागि जग्गा खरिद गरिएकोे बताए ।

झापा इनर्र्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ । आयोजनाको कूल लागत रु. ७९ करोड रहेकोमा रु. ६० करोड बैङ्क कर्जामार्फत स्रोत व्यवस्थापन गरिने उनले जानकारी दिए । कम्पनीले रु. एक लाखदेखि माथि जतिसुकै रकम लगानी गर्न इच्छुक लगानीकर्तालाई आह्वान सावाले बताए ।

आगामी वर्षको पुस १५ सम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य लिइएको छ । व्यावसायिक उत्पादन भने २०७८ पुस मसान्तसम्ममा गर्ने लक्ष्य लिइएको सञ्चालक भट्टराईले जानकारी दिए । यहाँबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई प्रति युनिट रु। ७।३० का दरले विक्री गर्ने कम्पनीको योजना छ । यसले एक वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन गर्ने कम्पनीको दावी छ । कम्पनीले यही वर्षको माघ मसान्तसम्ममा विद्युत खरिद विक्री सम्बन्धी सम्झौता गरिसक्ने र चैतको पहिलो सातातिर परियोजनाको इपीसी ठेक्का दिने जनाएको छ ।