भ्रष्टतत्व, देशद्रोहीहरुलाई गाउँबाटै ठेगान लगाउनुस्
धनगढी । नेकपा ओली पक्षले गरेको भेलालाई सम्बोधन गर्न कैलालीको धनगढी पुगेका प्रधानमन्त्री ओलीले देश विकासमा आफ्नो सरकारले अरु सरकारभन्दा बढी काम गरेको दाबी गरेका छन् ।
विभिन्न कारणले गर्दा मन्त्रालय अगाडि बढ्न नसकेकाले ढिलो गतिमा काम भएकाले अब पश्चिम सेतीलाई अब भने बढाइने उनले बताए । सकेसम्म निकट भविष्यमा बढाइने उनले बताए । मुख्य रूपमा आफ्नो उद्देश्य नै देश विकास भएको भन्दै, भ्रष्टाचारको अन्त्य गर्ने र सभ्य देश बनाउने उनले बताए । पार्टी छाडेर हिँडेका केही भगौडाको कुरा नसुन्न उनले आग्रह गरे । देशमा संकट देखापरेको छ । संविधान, व्यवस्था, संघीयता जाने भयो भनेर कराइरहेका छन् , ५० वर्षअघि गणतन्त्रका लागि मैदानमा उत्रिने अरु कोही थियो ? मै हैन, ओली गणतन्त्रवादी हैन भनेर बोल्ने मान्छे बाटोमा भेटेर ल्याएर राजनीतिकरण गरेको हैन ? उनले प्रश्न गरे ।
काम लाग्छ कि भनेर प्रचण्डलाई पनि पार्टीमा ल्याएको थिएँ । धेरै स्याम्पु पानी सिध्दियो । तर जस्ताको त्यस्तै । बानी, उदेश्य, विचार प्रवृत्ति मति जस्ताको त्यस्तै । लाटो कोसेरो झलल घाम लाग्यो भने आँखा चिम्लिन्छ । अध्यारोमा हिँड्ने उज्यालोमा टिक्न सक्दैन । यहाँ अन्धकारमा ज्योती छरिन्छ । त्यसकारण यहाँ लाटेकोसेरोहरु टिक्न सक्दैनन् ।
संसद विघटन असंवैधानिक भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई संविधान दोहोर्याएर पढ्न आग्रह गर्दछु । ६४ प्रतिशतको सर्वसम्मतको प्रधानमन्त्री मै हो मैले विघटन भइसक्यो भनेपछि अब प्रतिनिधिसभा चुनाव बाट आउँछ । केपी अोलीले चुनाव गराउँदैन भनिरहेका छन् । म फेरी भन्छु चुनाव बैशाख १७ र २७ गते नै हुन्छ। चुनाव दुई चरणमा तोकेको छु । वैशाख १७ गते शुक्रबार २७ सोमबार दुई दिन हुन्छ । चुनाव हुन्छ । चुनावमा लाग्नुस् । खराबतत्वहरुलाई गाउँमै ठेगान लगाउनुस् । यहाँबाट गए भने माथि हैरान खेलाउँछन् । भ्रष्टतत्व, देशद्रोहीहरुलाई गाउँबाटै ठेगान लगाउनुस् । तपाईंहरुले केही गर्नुपर्दैन भोट नहाले पुग्छ । देशका लागि मर्न तयार हुने, देशका लागि काम गर्ने त्यस्तालाई जिताएर पठाउनुस् । मैले हस्ताक्षर गरेर उठाएको उम्मेदवारको जिम्मा म लिन्छु । देश विकासको जिम्मा म लिन्छु ।