नेपालमा थप ५५४ जना कोरोना संक्रमित थपिए
काठमाडौँ २४ पुस । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ हजार २१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।