प्रदेश एकको अध्यक्षमा टिकाराज ढकाल निर्विरोध
भद्रपुर । नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्षमा उद्योगी टिकाराज ढकाल निर्विरोध चयन भएका छन् । झापाको बितामोडमा सोमबार आयोजित महासंघको तेस्रो साधारणसभाले ढकाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । भद्रपुरका पुराना तथा अग्रज उद्योगी ढकाल झापा उद्योग संघका अध्यक्ष हुन ।
जिल्ला नगर उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्य पदमा पनि सहमतिको प्रयास भइरहेको छ । महासंघमा ३५ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट सदस्य छन् ।
यसअघि उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, महासंघका विशिष्ट सदस्य किशोर प्रधान लगायतले शुभकामना मन्तव्य राखेका थिए । विर्तामोड उद्योग वाणिज्य संघको आतिथ्यतामा भएको कार्यक्रममा मानार्थ सदस्य किशोर प्रधान आथित्य शाखाका अध्यक्ष कुमार भट्टराई लगायतले मन्तव्य राखेका थिए ।