ज्येष्ठ नागरिकलाई न्यानो कपडा
शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका अन्तरगत ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजले एक कार्यक्रमका बीच जाडोका लागि न्यानो कपडा वितरण गरेको छ ।
समाजद्वारा आइतबार स्थानीय ज्येष्ठ चौतारीमा आयोजित कार्यक्रममा नगर क्षेत्रभित्र रहेका विपन्न वर्गलाई प्रतिव्यक्ति १÷१ थानगरी ६३ जनालाइ ब्ल्याङ्केट वितरण गरेको हो । समाजले विगत केही वर्षयता नगरक्षेत्रका गरीब तथा असहायलाई चिसोमा न्यानो कपडा वितरण गर्दै आएको समाजका सदस्य तिलक भण्डारीले जानकारी दिए । सो अवसरमा कोरोना भाइरस संक्रमण जोखिम कायममै रहेको भन्दै सहभागीलाई मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गराइएको थियो ।