प्रधानमन्त्री ओली र निर्वाचन आयोग
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपामा आएको विवादपछि आधिकारिकताका लागि प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदिएको दावी गरेका छन् ।
शुक्रबार प्रवासी नेपाली मन्चका कार्यकर्तालाई जुममार्फत सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सूर्य चिन्ह र नेकपा पनि आफ्नै समूहको हुने दावी गरे । ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपुगेको, कानुनन् नभएका भन्दैे, फिर्ता पठाएको छ ’ ओलीको भनाइ थियो ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रचण्ड माधव पक्षले आयोगमा दिएको निवेदन फिर्ता गरेको भन्ने अभिब्यक्ति निर्वाचन आयोगले खण्डन गरेको छ ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निवेदन फिर्ता नभएको बताए । उनले भने– ‘कसले भन्यो आयोगमा आएको निवेदन फिर्ता भयो भनेर ? दर्ता भएको निवेदनपनि फिर्ता हुन्छ ?’ उनले प्रधानमन्त्रीले भाषणका क्रममा के भने सो थाहा नभएको र आयोगले फिर्ता गर्ने काम नगरेको उनले बताए ।