उच्च स्तरीय प्रविधिको पहुँचका लागि सजिलो खोज सञ्चालनमा

भद्रपुर, १७ पौष । झापाको भद्रपुरमा उच्च स्तरीय प्रविधिमा सहज पहुँच पुर्याउन सहयोग गर्ने लक्ष लिएर सजिलो खोज आई टी सेन्टर सञ्चालनमा ल्याइएको छ ।

भद्रपुरका प्रविधिमैत्री सोच भएका आकाश शर्मा लगायतका केही युवाहरू मिलेर सञ्चालनमा ल्याइएको सजिलो खोज आई टी सेन्टर सञ्चालनमा ल्याइएको हो ।

प्रदेश संसद ओमप्रकाश सरावगी, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रमाया श्रेष्ठले सम्युक्त रूपमा उद्घाटन गरेको आई टी सेन्टर नगर भित्रकै उत्कृष्ट सेन्टर बनाइने सञ्चालकहरूले दाबी गरेका छन् ।

आकाश शर्माको अध्यक्षता तथा प्रदेश संसद ओमप्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको स्वागत बन्धु कार्कीले गरेका थिए ।