झापामा आज १६ जना संक्रमित थपिए
भद्रपुर १७ पुस । झापामा आज ८ महिलासहित १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । चार वटा स्थानीनय तहमा कोरोना संक्रमण पुष्टि भएका मध्ये, बिर्तामोडमा ३ जना, मेचीनगरमा २ जना, कनकाइमा १ जना, र दमकमा ९ जना रहेका छन् ।
कोरोना संक्रमणबाट झापामा ज्यान गुमाउनेको संख्या १३१ पुगेको छ ।