झापामा आज कोरोना संक्रमित शुन्य

भद्रपुर १५ पुस । झापामा आज बुधबार कोरोना संक्रमित शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जिल्लामा हालसम्म १३१ जनाको मृत्यु भइसकेको छ भने निको भएर घर फर्किने ४ हजार १८४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।