संसद् पुनस्र्थापना गरी नयाँ सरकार बनाउने ः प्रचण्ड
काठमाडौ् । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनस्र्थापना गरी नयाँ सरकार बनाउने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार बसेको संसदीय दलको बैठकपछि बोल्दै उनले यस्तो बताएका हुन् ।
बैठकले अध्यक्ष दाहाललाई संसदीय दलको नेता चयन गरेको छ । संसदीय दलको नेता चयन गरेपछि अध्यक्ष दाहालले आफूले ठूलो चुनौतीको बेलामा जिम्मेवारी पाएको बताएका छन् । ‘यो ठूलो जिम्मेवारी हो । अहिले ठूलो चुनौतीको समयमा यो जिम्मेवारी पाएको छु’ उनले भने, ‘नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र समावेशी लोकतन्त्र र प्रतिनिधि सभालाई जिवन्त राख्नु लाग्नेछु ।’ सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्न उनले बताए । मैले जिम्मेवारी पाएपछि अब सबै दलहरूसँग सहकार्य गरेर जनताको विश्वासलाई मर्न दिन्न उनले भने ।
उनले प्रतिनिधिसभाको संसदलाई जीवन्त राख्नका लागि सक्दो तागत लगाउने बताए । ‘सबै राष्टिय राजनीतिक दललाई एकतापूर्व गरेर इमान्दारीपूर्वक सहकार्य गर्नु प्रतिनिधिसभालाई जीवित राख्न भूमिका खेल्छु’ उनले भने । राष्ट र जनताको अपेक्षा अनुसार नयाँ सरकार गठन गर्नेतिर अब आफ्नो ध्यान जाने समेत बताए ।