बृद्धाश्रममा जन्मदिन

विर्तामोड । बालबालिकालाई सानै उमेरमा सामाजिक कार्यमा प्रेरित गर्न सकेमात्रै उनीहरुलाई सत्कर्ममा डोर्याउन सकिन्छ भन्ने उद्देश्यले झापाका एक दम्पत्ति आफ्नो मात्र होइन आफ्ना सन्तानको जन्मदिन बृद्धाश्रममा मनाउने गरेका छन् ।

बिर्तामोड–६ सुगम शान्ति टोलका पदम श्रेष्ठ र दीपा श्रेष्ठले छोरा प्रिजेम्स श्रेष्ठको जन्मदिन विर्तामोड–४ मा रहेको परोपकार अनुसन्धान केन्द्रमा आर्थिक सहयोग गरेर मनाएका छन् । बिहीबार छोराको जन्मदिनको अवसर पारेर श्रेष्ठ परिवारले आश्रममा पुगेर नगद पाँच हजार रुपैंयाँ आर्थिक सहयोग गरेका थिए ।

सानै उमेरमा बालबालिकालाई मानबीय सेवामा अभिप्रेरित गर्ने उद्देश्यले छोरालाई वृद्धाश्रममा लगेर वृद्धा बुबा–आमालाई सहयोग गर्दै जन्मदिन मनाइएको बताइएको छ । पाँच वर्षिय बालक प्रिजेम्सले आश्रममा रहेका बुबा आमालाई विस्कुट र मास्क दिएर खुशी बाँडेका थिए । झापा सहित विभिन्न जिल्लामा ३२ जना वृद्धवृद्धाहरु आश्रममा रहेको जनाइएको छ । सानो बालकले आश्रममा पुगेर सहयोग गर्दा आश्रममा रहेका बुबा–आमाले शुखी हुदैं बालकलाई दिर्घायु र समाज सेवामा संधैं लाग्ने प्रेरणा मिलोस् आर्शीवाद दिएका थिए ।