हल्दिबारीमा बाल कक्षा बन्द
भद्रपुर । कोरोना भाइरस संक्रमणको जोखिम यथावत रहेको हुँदा हल्दिबारी गाउँपालिकाले बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरेको छ । गाउँपालिकाले सूचना जारी गर्दै बाल कक्षा एक देखि ५ सम्मका कक्षाहरूको प्रत्यक्ष शिक्षण नगराउन सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आग्रह गरेक हो ।
गाउँपालिकाभित्रका विद्यालयले बालबालिकालाई विद्यालय बोलाएर प्रत्यक्ष शिक्षण कक्षाहरू सञ्चालन गर्दै आइरहेको पाइएकोले यस्तो कार्य तुरुन्त बन्द गर्न सूचनामा उल्लेख गरिएको छ ।