नेपाल जेसीजको ४७ औं महाधिवेशनमा बस्नेत सम्मानित
झापा, २ पुस । रुपन्देहीको भलवारीमा शुरु भएको नेपाल जेसीजको ४७ औं महाधिवेशनमा झापा बिर्तामोड निवासी विनोद वस्नेतलाई नेपाल जेसीजले सम्मान गरेको छ । कोभिड– १९ को जोखिमपूर्ण अवस्थामा अग्रपंक्तिमा रहेर उल्लेख्य काम गरेको तथा जेसीज अभियान र समाजसेवामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै वस्नेतलाई सम्मान गरिएको हो । उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री सशाङ्क कोइरालाले सम्मान पत्र प्रदान गरेका छन्
वस्नेत नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष , उपाध्यक्ष, कोषाध्यक्ष ,पूर्व कानूनी सल्लाहकार ,वीरता जेसीजका पूर्व अध्यक्ष, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सह संयोजक , झापा गोल्डकपका अध्यक्ष लगायत विभिन्न संघ संस्थामा आवद्ध रहेका छन । नेपाल जेसीजले प्रदान गरेको सम्मान बस्नेतको अनुपस्थितिमा वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलले ग्रहण गरेका थिए ।
अधिबेशनमा देशभरका १ सय ५६ शाखाका प्रतितिधिहरु सहभागी रहेको महाधिवेसनले वर्ष २०२१ का लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।