दोहोरी गीतको चर्चित कार्यक्रम इन्द्रेणी छायाङ्कन

बिर्तामोड १ पुस । लोक तथा दोहोरी गीतको चर्चित कार्यक्रम इन्द्रेणीका कलाकारले झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघरको अवलोकन तथा लोक तथा दोहोरी गीतको चर्चित कार्यक्रम इन्द्रेणी छायाङ्कन गर्न पुगेका इन्द्रेणीका कलाकारले यस्तो आग्रह गरेका हुन् ।

इन्द्रेणीका कलाकारहरुलाई नौमती बाजा , च्याव्रुङ बाजागाजासहित नेवारी, लिम्वूलगायत विभिन्न साँस्कृतिक भेसभुषामा सजिएका झापालीहरुले स्वागत गरेका थिए । कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल, कलाकारहरु छत्र शाही ,मनमाया बाइबा, कृष्ण बजगाईं , चर्चित उद्घोषक राजेश घतातीलगायतको टोलीलाई झापा नाटकघरमा भव्य स्वागत गरिएको थियो ।

देशका विभिन्न स्थानमा पुगेर स्थानीय संगीत र प्रतिभाहरुलाई समेत स्थान दिएर नेपाली लोकगीत संगीतको संरक्षण र प्रर्बद्धन गर्दै संगीतमार्फत् असहाय एवं पिछडीएका मानिसलाई सेवा पनि गर्ने आफ्नो उद्धेश्य बमोजिम बिर्तामोड–१ मा रहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघरमा कार्यक्रम गरिएको कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले बताए ।

क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माणाधीन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघरलाई नेपालकै नमूना नाटकघर बनाउन आफू लागिपर्ने बताउँदै यसमा सहयोग गर्न देश विदेशमा रहेका नेपालीलाई आग्रह गरे ।

झापा नाटक घर निर्माण ब्यबस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितको शब्द रचना र गोबिन्द रहपालको संगितमा क्षितिज संगित साधना प्रतिष्ठान झापाका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा इन्द्रेणीका कलाकार, नेपाल लोक दोहोरी प्रतिष्ठान झापाका अध्यक्ष अच्युत दाहाल , सरगम संगीतालयका कलाकार , क्षितिज संगित साधना प्रतिष्ठान झापाका कलाकारहरु , गन्धर्वको समूहलगायतले मेरो टोपी ,रेङ्के बुङ्को राँगोलाई लगायतका गीत प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल, चर्चित उद्घोषक राजेश घतातीले गन्धर्वको समूहलाई १५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

कार्यक्रममा झापा क्षेत्र नंं। २ कि साँसद पबित्रा निरौला खरेल , साँसद बिमला बिक , प्रदेश साँसद एकराज कार्की लगायतले इन्द्रेणी परिवारले झापा नाटक घर निर्माणस्थलमै आएर देखाएको सद्रभावप्रति धन्यवाद दिँदै बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माणमा सहयोग गर्न सवैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी उपमेयर पबित्रा महतारा प्रसाईं ,बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत गणेश दहाल , बिर्तामोड बडा नंं। १ का अध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नं। २ का अध्यक्ष नगेन्द्र प्रसाद संगौला , वडा नं। ३ का अध्यक्ष भोजराज सिटौला ,बडा नं। ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, बिर्तामोड उद्योग बाणिज्य संघकी उपाध्यक्ष ,पार्वता खरेल बिमली, नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई , झापा नाटकघरका लागि सल्लाहकार समितिका सदस्यहरु राजकुमार पोखरेल , ओमकृष्ण बिमली, डिल्लीराम सिटौला, साँस्कृतिक अभियन्ता मोहन बिक , साहित्यकार भगवति ढुंगेल ,मातृका संग्रौला , लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले गरेका थिए । लोक तथा दोहोरी गीतको चर्चित कार्यक्रम इन्द्रेणी अबदेखि हिमालय टीभी एचडीमा ‘हिमालय इन्द्रेणी’का रुपमा हरेक दिन साँझ ६ बजेदेखि कार्यक्रम प्रसारण हुने बताइएको छ ।