झापामा आज थपिए २३ संक्रमित २ को मृत्यु
भद्रपुर १ पुस । झापामा आज कोरोना संक्रमणबाट दुइ जनाको मृत्यु भएको छ भने, ७ महिलासहित २३ जना कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कोरोना संक्रमित हुनेहरुमा, दमकमा ७ जना, बिर्तामोडमा २ जना, मेचीनगरमा २ जना, भद्रपुरमा ३ जना, अर्जुनधारामा१ जना, बुद्घशान्तिमा १ जना, कमलमा ५ जना, शिवसताक्षीमा १ जनार बाह्रदशीमा १ जना रहेका छन् ।
आज मृत्यु हुनेमा दमक ३ का ४० बर्षिय पुरुष र शिवसताक्षी १०का ८३ बर्षिय पुरुषरहेका छन् । योसंगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२५ पुगेको छ ।