लागुऔषधसहित ३ जना पक्राउ

भद्रपुर २९ मंसिर । झापाको मेचीनगर नगरपालिका–७ बाट आइतबार बेलुका पौने ६ बजे नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । उक्त स्थानमा पैदल हिँडिरहेका सुन्दरहरैचा नगरपालिका–४ का १९ वर्षीय सौरभ बस्नेत, उर्लाबारी नगरपालिका–९ का ३० वर्षीय चन्द्र गुरुङ र इलामका २३ वर्षीय समर तामाङलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध डाइजोपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल र फेनारागन ६ एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।