बुधबारे जेसीजले नयाँ नेतृत्व चयन
बुधबारे । बुधबारे जेसिजले बर्ष २०२१ का लागि नयाँ नेतृत्व पाएको छ । नवौं बार्षिक साधारणसभाको अवसर पारेर नयाँ नेतृत्व चयन भएको हो । २०२१ को कार्य समितिको अध्यक्षमा अनिल वाग्ले सर्वसम्मत चयन भएको आयुष निरौलाले जानकारी दिनुभयो ।
कार्यकारीणी उपाध्यक्षद्वय अर्जुन ढकाल र कृष्ण ढकाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा अनिल घिमिरे, बिनोद रिजाल, रुद्र निरौला, पर्शुराम भट्टराई सर्वसम्मत चयन भएका छन् ।
बर्ष २०२० का अध्यक्ष नन्दकुमार याफु राईको अध्यक्षता, सस्थापक अध्यक्ष प्रकाश शिवाकोटीको विशेष आथित्यमा भएको साधारणसभामा नेपाल जेसिजका राष्टिय उपाध्यक्ष विशाल थापाको प्रमुख आतिथ्यता रहेको थियो ।