दुर्घटनामा १ को मृत्यु ४ घाइते
भद्रपुर । झापामा मार्बल लोड गरिएको पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अन्य चार जना घाइते भएका छन् । दुर्घटनामा दमक नगरपालिका ९ बस्ने ५५ वर्षीय मङ्गल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।। प्रहरीका अनुसार शुक्रबार बिहान १० बजे कमल गाउँपालिका ७ स्थित पाडाजुगी– गौरीगञ्ज सडक खण्डअन्तर्गत गेउरियामा मे१च ६४९७ नम्बरको पिकअप भ्यान पल्टिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी पाँच जना घाइते मध्ये चौधरीको लाइफलाइन अस्पताल दमकमा पुर्याए लगतै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुमा दमका २६ वर्षीय सुनिल चौधरीलाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने जलेश्वर चौधरीको दमकमा उपचार भइरहेको छ । अन्य दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । मार्वस बोकेर गौरीगञ्जतर्फ जाँदै गरेको पिक अप भ्यानको चक्का खुस्केर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।