झापामा आज थपिए ३० संक्रमित १ को मृत्युः
भद्रपुर २५ मंसिर । आज झापामा कोरोना संक्रमण बाट एक जनाले ज्यान गुमाएका छन् भने ११ महिला र १९ पुरुष गरी ३० जना कोरोना संक्रणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालयकाअनुसार, कोरोना संक्रमित पुष्टि हुनेहरुमा दमकमा १० जना, बिर्तामोडमा ९ जना, मेचीनगरमा १ जना, अर्जुनधारामा १ जना, कनकाइमा ४ जना, हल्दिबारी गापामा २ जना र शिवसताक्षीमा ३ जना रहेका छन् ।
झापामा कोरोना बाट मृत्यु हुनेको संख्या ११२० पुगेको छ ।