भारतमा किसान आन्दोलन जारी
एजेन्सी
विवादित कृषि कानुन रद्ध गर्न नमानेपछि भारतमा आन्दोलनरत किसान र सरकारबीच तत्काल सहमति नहुने देखिएको छ । कृषिमा निजी लगानी विस्तार र मुनाफाहेतु ल्याइएका तीनवटा कानुन तत्काल खारेज गर्न माग राख्दै भारतका किसानहरूले यतिखेर व्यापक प्रदर्शन गरिरहेका छन् ।
केन्द्रीय गृहमन्त्री अमित शाहले मंगलबार साँझ किसान युनियनका एक समूहसँग सम्बन्धित कानुन फिर्ता लिन नसकिने बताएका थिए । किसानहरूले हिजो आफ्ना माग पूरा गराउन दबाब बढाउन भारत बन्द आयोजना गरेका थिए ।