झुक्याई नेकपामा प्रवेश गराएकोमा आपत्ति

गौरीगंज । आफुहरूलाई झुक्याई नेकपामा प्रवेश गरेको भन्दै नाम सार्वजनिक भएकोमा २२ जनाले आपत्ति जनाएका छन् । गौरीगंज गाउँपालिका वार्ड नं. ६ कन्चिराका फोरम लोकतान्त्रिक पार्टीबाट समायोजन भई नेपाली कांग्रेसका २२ जना सक्रिय सदस्यहरूले आपत्ति जनाएका हुन् ।

नेपाली कांग्रेस गौरीगंज गाउँपालिका वार्ड नं. ६ को वडा भेलामा आज उनीहरूले झुक्याएर नेकपामा प्रवेश गराएर नाम सार्वजनिक गरेको बताए । फोरम लोकतान्त्रिक पार्टीबाट समायोजन भई नेपाली कांग्रेसका सक्रिय सदस्य मो. लजिमले हामीहरूलाई सोध्यै नसोधि झुक्याएर मो. आसामुदिनले पार्टी प्रवेश गराएर २२ जनाको नाम दिएको बताए । एक्कै चोटी हाम्रो निधारमा अबिर दल्न थाले मो. लजिमले भने – ‘पछि पो थाहा भयो पार्टी प्रवेश गराएको भनेर’ ।

प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मो. आसामुदिन मियाँको अगुवाईमा कन्चिराका २८ जनाको नेकपामा प्रवेश गराईएको नाम सार्वजनिक भएको थियो ।