झापामा आज २८ जना संक्रमित थपिए
भद्रपुर २३ मंसिर । झापामा आज २८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार मङ्गलबार जिल्लाका १० वटा पालिकामा १४ महिला र १४ जना पुरुषसहित २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
दमक नगरपालिकामा २ महिलासहित ४ जना, मेचीनगर नगरपालिकामा ३ महिलासहित ५ जना, बिर्तामोड नगरपालिकामा ४ जना महिला, भद्रपुर नगरपालिकामा २ महिलासहित ६ जना, अर्जुनधारा नगरपालिकामा १ जना पुरुष, कनकाई नगरपालिकामा २ जना पुरुष शिवसताक्षी नगरपालिकामा २ जना महिला, गौरादह नगरपालिकामा १ जना पुरुष, झापा गाउँपालिकामा १ महिलासहित २ जना र बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमित सबै जना स्थानीय हुन् ।
झापामा हालसम्म ३२ हजार १८८ स्वाब संकलन गरिएका मध्ये ४ हजार २१० जना संक्रमित छन् । जिल्लामा हालसम्म ११७ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित १ हजार १३३ र निको भएर घर फर्किएका २ हजार ९६० रहेका छन् ।