झापामा आज थपिए २१ संक्रमित ः एकको मृत्यु

भद्रपुर २२ मंसिर । आज झापामा कोरोना संक्रमण बाट एक जनाले ज्यान गुमाएका छन् भने ६ महिला र १५ पुरुष गरी २१ जना कोरोना संक्रढाको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा दमक ९ का ८२ बर्षिय पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालयकाअनुसार, कोरोना संक्रमितहरुमा दमकमा ३ जना, बिर्तामोडमा ४ जना, मेचीनगरमा ३ जना, भद्रपुरमा १ जना, बुद्धशान्ति गाप १ जना, अर्जुनधारामा १ जना, झापा गापामा १ जना, गौरादहमा १ जना, कनकाइमा १ जना, बाह्रदशीमा २ जना, कचनकवलमा १ जना र अन्य २ जना रहेका छन् ।

झापामा कोरोना बाट मृत्यु हुनेको संख्या ११७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १२०१क रहेको छ ।