दमकमा ल्याङवेज एण्ड कम्प्यूटर इन्स्च्यिूट गठन

दमक । दमकमा सञ्चालनमा रहेका विषय भाषा तथा कम्प्यूटर सिकाउने ईन्स्टिच्यूटहरु संगठीत भएका छन् । आज सम्पन्न इन्स्च्यिूटहरु सञ्चालकहरुको भेलाले साझा संगठनका रुपमा ल्याङवेज एण्ड कम्प्यूटर इन्स्च्यिूट एशोसियसन अफ दमक गठन गरेका हुन् ।

तदर्थ समितिका संयोजक राजु गौतमको अध्यक्षतामा बसेको बैठकले प्रशिक्षण केन्द्रहरुवीच समन्वय तथा भाषा पठनपाठनलाई थप प्रभावकारी वनाउने उद्देश्यले गगन लावतीको अध्यक्षतामा ल्याङवेज एण्ड कम्प्यूटर इन्स्च्यिूट एशोसियसन अफ दमक गठन हुन् । उनी ब्रिटिस ल्याङ्वेज आईटी कलेजका सञ्चालक हुन् । युवा व्यक्तित्व लावती अंग्रेजी भाषाका प्रशिक्षक तथा सामाजिक कार्यमा क्रियाशील छन् ।

समितिको उपाध्यक्षमा राजु गौतम, सचिवमा सन्देश थापा, कोषाध्यक्षमा विवेक मैनाली र प्रवक्तामा रुपमा देशराज नेम्बाङ लगायत चुनिएका छन् । सोही बैठकले राम नेपालको संयोजकत्वमा नविन राई र विशाल सिटौला सदस्य रहेको एक सल्लाहकार समिति गठन गरिएको छ ।

पछिल्लो समयमा कोभिड १९ को महामारीका कारण प्रशिक्षण केन्द्र सञ्चालन गर्नमा कठिनाई भएकाले यस क्षेत्रका लागि पनि स्थानीय सरकारले चासो देखाउनु पर्नेमा ध्यानाकर्षण गराउँने, प्रशिक्षण केन्द्रहरु वीच स्वस्थ्य प्रतिष्पर्धाको वातावरण सिर्जना गर्ने र प्रशिक्षण केन्द्रहरुको सिपमुलक तालिमहरुमा एकरुपता ल्याउन संगठनको आवश्यकता महषुष गरि संगठीत हुनुपरेको अध्यक्ष लावतीले जानकारी दिए । दमकमा करिव ५० संख्याका हाराहारीमा भाषा तथा कम्प्यूटर इन्स्च्यिूटहरु रहेका छन् ।