राजवंशी समाज झापाको अध्यक्षमा दिनेश्वर

गौरीगंज । राजवंशी समाज विकास समिति झापाको अध्यक्षमा दिनेश्वर राजवंशीलाई तोकिएको छ । राजवंशी समाज विकास केन्द्रीय समितिले तत्कालिन अध्यक्ष पुकार चन्द्र राजवंशीलाई कार्वाही गरि पदबाट हटाईएपछि विधान बमोजिम समितिको अध्यक्षमा दिनेश्वर राजवंशीलाई तोकिएको हो ।

राजवंशी समाज विकास समिति झापाका उपाध्यक्ष दिनेश्वर राजवंशीको अध्यक्षतामा बहुमत सदस्यहरूको आज बसेको बैठकले केन्द्रीय समितिको निर्णयलाई स्विकृत गरि विधान बमोजिम रित्त रहेको अध्यक्ष पदमा दिनेश्वर राजवंशीलाई कार्यवाहक दिईएको समितिका सचिव मुनिलाल राजवंशीले जनाएका छन् ।

बैठक पश्चात् समितिले एक विज्ञप्ति प्रकाशित गरि समितिको विधान २०५० को केन्द्रको महाधिवेशन २०७५ द्वारा संसोधित विधानको धारा २८ को ४ ( त) बमोजिम संस्थाको हित विपरित हुने कार्य गरेकोले कार्वाही गरि अध्यक्ष पद रित्त रहेको र उत्त पदमा विधान बमोजिम संस्थाका उपाध्यक्ष दिनेश्वर राजवंशीलाई अध्यक्षमा पदस्थापन गरिएको समितिको निर्णय पुस्तिकामा उल्लेख छ ।