झापामा आज थपिए २६ संक्रमित एकको मृत्यु
भद्रपुर १९ मंसिर । आज झापामा कोरोना संक्रमण बाट एक जनाले ज्यान गुमाएका छन् भने ९ महिला र १७ पुरुष गरी २६ जना कोरोना संक्रढाको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा मेचीनगर ८ का५५ बर्षिय पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालयकाअनुसार, कोरोना संक्रमितहरुमा दमकमा ५ जना, बिर्तामोडमा ४ जना, मेचीनगरमा ३ जना, भद्रपुरमा २ जना, बुद्धशान्ति गाप ३ जना, शिवसताक्षीमा ४ जना, झापा गापामा ४ जना, र अन्य १ जना रहेका छन् ।
झापामा कोरोना बाट मृत्यु हुनेको संख्या ११५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ११७८ रहेको छ ।