लैङ्गिक हिंसा अन्त्यका लागि घरैबाट जागरुक हुनुपर्ने
झापा १७ मंसिर । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले लैङ्गिक हिंसा अन्त्यका लागि घरैबाट जागरुक हुनुपर्ने तथा आर्थिक सवलीकरणको जरुरी रहेको साझा धारणा राखेका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत एवीसी नेपाल, महिला सुरक्षा दवाव समूह र इलाका प्रहरी कार्यालय विर्तामोडको आयोजनामा झापामा लैङ्गिक हिंसाको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक एकदिने अन्तरकृयाका सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले हिंसाका घटनामा न्यूनिकरणमा आफू कति प्रतिवद्ध छु भन्ने कुराको आत्मसमिक्षा गर्नुपर्ने बताउनु भएको छ । हिंसामा संलग्नलाई कारवाही गराउनका लागि कानून कार्यान्वयनमा सबैको सहयोगी भूमिका हुनुपर्ने हुनुपर्नेमा जोड दिंदै राज्यमन्त्री जगमेरले प्रदेश–१ मा घरेलु हिंसा सम्बन्धी कारवाही सम्बन्धी कानून बनिसकेको जानकारी दिंदै कानून कार्यान्वयनमा प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मुकुन्द रिजालले हिंसाका घटनामा कानून कार्यान्वयनको प्रतिवद्धता जनाउँदै झापामा जिल्लामा चालु आर्थिक वर्षको वितेको चार महिनामा भएका हिंसाको अवस्थाबारे जानकारी गराउनु भएको थियो ।