पत्रकार महासंघ झापाद्वारा दोषीमाथि कारबाहीको माग

भद्रपुर १७ मंसिर । दमक मालपोत कार्यलयमा त्यहाँका कार्यालय प्रमुख एवम् कर्मचारीले पत्रकारमाथि गरेको दुब्र्यवहार र भद्रपुर भन्सार कार्यलयका कर्मचारी एवम् तस्कर ब्यापारी मिलेर पत्रकारमाथि भएको कुटपिट एवम् दुब्र्यवहारको घोर भत्र्सना गर्दै, नेपाल पत्रकार महासंघ झापा र झापास्थित संचारकर्मीका संघ संगठनले एक प्रेस बिज्ञप्ति जारी गरी तुरुन्त दोषीलाइ कारबाही गर्न माग गरेका छन् ।

प्रेस विज्ञप्ति

मितिः २०७७।०८।१७

अनुसन्धान अनलाइन टिभीका सम्पादक खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोत कार्यालय दमक र न्युज २४ का झापा सम्वाददाता राजु पौडेल र पत्रकार नारायण अर्यालमाथि भद्रपुर भन्सारका कर्मचारी र व्यापारीले गरेको कुटपिट र दुरव्यवहारप्रति नेपाल पत्रकार महासंघ झापा शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।

मिति २०७७ साल मंसिर १६ गते अपरान्ह लगभग ४ बजे मालपोत कार्यलय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले कर्मचारी ईन्द्र राजवंशीलाई रु १०,०००÷– (दश हजार) घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगि पत्रकार घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठ र सेवाग्राही साहलाई हुलहुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट गरेको घटनाको नेपाल पत्रकार महासंघ झापा शाखा लगायतका संघ संगठन घोर निन्दा र भत्र्सना गर्दछ ।

यसैगरी मिति २०७७ साल मंसिर १२ गते भद्रपुर भन्सार कार्यालयका कर्मचारी डोरराज सुनुवार र भद्रपुरका व्यापारी शुबोध कोठारीले भन्सार छली सम्बन्धी रिपोर्ट प्रसारण नगर्न दबाब दिँदै दिएको रु ५०,०००÷– (पचास हजार) घुस अस्वीकार गर्दा लछारपछार गर्दै कुटपिट गर्ने र क्यामेरा खोस्न जस्ता हर्कत गर्ने सुनुवार र कोठारीलाई अबिलम्ब कारबाही गर्न माग गर्दछौं ।

अतः पत्रकार तथा क्यामेरा पर्सनमाथि भएका यि दुबै घटना स्वतन्त्र पत्रकारितामाथिको आक्रमण भएकाले पत्रकार घिमिरे र क्यामेरा पर्सन श्रेष्ठमाथि मालपोत कार्यालय दमकमा आक्रमण गर्ने कर्मचारी ईन्द्र राजवंशी र लेखापढीमा संलग्न व्यक्तिलाई अविलम्ब कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएपनि प्रहरी प्रसाशनले कुटपिटमा संलग्नलाई कारबाही गर्ने प्रक्रियामा गरेको बिलम्बप्रति हाम्रो गम्भिर आपत्ति छ ।

यसैगरी पत्रकार पौडेल र अर्यालमाथि आक्रमण गर्ने भन्सार कर्मचारी सुनुवार र व्यापारी कोठारीलाईसमेत कारबाही गर्न प्रसाशनसमक्ष जोडदार माग गर्दछौं । पत्रकारमाथि आक्रमणमा संलग्न व्यक्तिलाई तत्काल कारबाही नभए नेपाल पत्रकार महासंघ झापाको नेतृत्वमा आन्दोलनमा जान बाध्य हुनेछौं ।

१। तारामणि सापकोटा अध्यक्षः नेपाल पत्रकार महासंघ, झापा शाखा

२। मुक्ति पौडेल, संयोजकः प्रेस संगठन नेपाल, झापा

३। इन्दु पुर्वेली, अध्यक्षः प्रेस युनियन नेपाल, झापा

४।रञ्जित प्रसाई, अध्यक्षः मिडिया नेपाल, झापा

५। देशराज नेम्वाङ, अध्यक्षः प्रेस नेपाल, झापा

६। भीमा सिवाकोटी, अध्यक्षः नारी सञ्चार गृह, झापा