झापामा आज थपिए ५९ संक्रमित ः ३ को मृत्यु

भद्रपुर १६ मंसिर । झापामा आज ककोरोना संक्रमण बाट तीन जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा सशवसताक्षी नगरपालिका ८ निवासी ३६ बर्षीया महिला र ८७ कर्षीय पुरुष र दमक नगरपालिका ३ निवासी ८३ बर्षीय महिला रहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसैगरी आज झापामा २३ महिला र ३६ पुरुष गरी ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको सो कार्यालयले जनाएको छ ।

स्वास्थ्यकार्यालयका अनुसार, संक्रमित हुनेहरुमा, दमकमा ७ जना, बिर्तामोडमा १५ जना, गौरादहमा १ जना, मेची नगरपालिकामा १ जना, भद्रपुरमा १६ जना, कनकाइमा ४ जना, अर्जुनधारामा ३ जना बुद्घशान्ति गापामा १ जना, कचनकवलमा १ जना, शिवसताक्षीमा ४ जना र अन्य ६ जना रहेका छन् ।

झापामा आजसम्ममा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ११३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १२४५ रहेको छ ।