झापाको अर्जुनधारामा पान खेती

अर्जुनधारा । झापाको अर्जुनधाराका किसानहरुले सामूहिक रुपमा व्यवसायिक पान खेती शुरु गरेका छन् । अर्जुनधारा १० का ८ जना किसानहरुले श्रीकालिस्थान कृषक समूह गठन गरि कालि, बंगला, जाजी जातको व्यवसायिक रुपमा पान खेती शुरु गरेका हुन् ।

भारतको कलकत्तास्थित कागदिपवाट विरुवा र प्राविधिक ल्याएर एसियाकै दोश्रो जातको रुपमा परिचित कालि बंगला जाजी पानको खेत जिल्लामै मात्र नभई संभवत नेपालमा नै पहिलो र व्यवसायिक रुपमा पानको नमुना खेती शुरु गरिएको किसानहरुको दावी छ । समूहमा किसान दिनबन्धु पोख्रेलका अनुसार पान खेतीका लागि ५ कठ्ठा जमिन प्रतिकठ्ठा बार्षिक ३ हजार रुपैया भाडामा लिएर समूह मार्फत पान खेती शुरु गरिएको हो । प्रारिम्भक चरण किसानले पान बगानमा हाल ८ हजार विरुवा लगाएका छन् ।