झापामा आज ४७ संक्रमित र दुइको मृत्यु

भद्रपुर १३ मंसिर । आज झापामा मेचीअस्पतालमा निधन भएका ३४ बषिर्य पुरुष र गौरादह १ निवासी ८३ बर्षिया महिलासहित गरी कोरोना संक्रमण बाट २ जनाको मृत्यु भएको छ भने २५ महिला र २२ पुरुष कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै झापामा कोरोना बाट ज्यान गुमाउनेको संख्या १०८ पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, संक्रमित हुनेहरुमा, दमकमा २३ जना, मेचीनगरमा २ जना, भद्रपुरमा ५ जना, बिर्तामोडमा ७ जना, अर्जुनधारामा ३ जना, कचनकवलमा १ जना, कनकाइनगरमा२ जना, झापा गापामा १ जना, बाह्रदशीमा १ जना, शिवसताक्षीमा १ जना, र अन्य १ रहेकाछन ।