२३ वर्षीय पर्वत पौडेल वेपत्ता
भद्रपुर ११ मंसिर । झापाको बिर्तामोडबाट सहकारीका एक जना कर्मचारी तिन दिनदेखि वेपत्ता भएका छन् । गत सोमबार बिहान ७ बजे बिर्तामोडको एक होटलमा साथीभाइहरुले चिया पिएर १० बजेतिर खान खान घर जान्छु भनी हिडेका २३ वर्षीय पर्वत पौडेल आजसम्म पनि वेपत्ता भएका हुन् । पौडेल विर्तामोड ५ निवासी हुन् ।
पौडेल परिवारका एक मात्र छोरा उनी एकाएक वेपत्ता भएपनि हालसम्म बेखबर भएको पारिवारिक स्रोतले जनाएको छ । छोरा हराएपछि पौडेल परिवारमा चिन्ता थपिएको छ ।परिवारले हराएका छोरोको खोजतलास गरिदिन प्रहरीमा निवेदन दिएको भएपनि उनी फेला पर्न सकेका छैनन् ।
मोवाइल ट्राकिङ गरी हेर्दा सोमबार झापाको हडिया बुधबारेमा देखिएका थिए भने बुधबार साँझ सुनसरी जिल्लातिर देखाएको थियो । यतिबेला प्रहरीलगायत उनका आफन्त, इष्टमित्र, छरछिमेकीलगायत सबैजना उनको खोजी कार्यमा तीव्र लागी परेका छन् ।