झापामा आज थपिए ७४ जना संक्रमित
भद्रपुर ११ मंसिर । झापामा आज कोरोना भाइरस संक्रमण बाट २ पुरुषको मृत्यु हुनुकासाथै ३० महिलासहित ७४ जनामा कोराना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा बिर्तामोड ८का ७९ बर्षीय पुरुष र शिवसताक्षी ९का ठ२ कर्षिय पुरुष रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा दमकमा १५ जना, बिर्तामोड मा १४ जना, गौरादहमा १ जना, मेचीमा ६क जना, भद्रपुरमा ४ जना, कनकाइमा ७ जना, अर्जुनधारामा ८ जना बुद्घशान्तिमा ३ जना, शिवसताक्षीमा ४ जना, झापा गापामा २ जना र अन्य ८ जना रहेका छन् ।
झापामा कोरोना संक्रमण बाट मृत्यु हुनेको कुल संख्या १०५ पुगेको र सक्रिय संक्रमितको संख्या ११४० रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।